मेसीको झुटो अन्तर्वार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार ०८:०३

अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको विषयमा केही सातादेखि बाहिरिएको समाचारको स्पेनिस क्लब बार्सिलोनाले खण्डन गरेको छ। मेसीको झुटो अन्तर्वार्ता छापेर बेलायतलगायत केही बाहिरका पत्रिकाले क्लब र मेसीबीच दुरी बनाउन खोजेको भन्दै बार्सिलोनाले हल्लाको पछि नलाग्न आफ्ना समर्थकलाई आव्हान गरेको छ। बेलायतको पत्रिकामा केहीसमय अगाडि सार्वजनिक भएको अन्तर्वार्ता जसलाई इएसपिएनको वेबसाइटले पनि साभार गरेको थियो, त्यो झुटो भएको बार्सिलोना र मेसीका पिताले बताएका छन्। अन्तर्वार्तामा मेसीले आफ्नो सम्झौताको विषयमा क्याटलान क्लबको विषयमा कटु कुरा गरेका थिए। क्लबका प्रवत्ताले इएसपिएनलाई बुधबार नै आफ्नो असहमति जनाएको थियो। यस्तै, मेसीका बुवाले मुन्डो डेपोर्टिभोलाई मेसीको भन्दै केही समयदेखि झुटो अन्तर्वार्ता छाप्न थालिएकोमा आपत्ति जनाए। मेसीको व्यवस्थापन कम्पनीले खण्डन सार्वजनिक गर्दै भनेको छ, ‘हामी यस कुराको पुष्टी गर्न चाहन्छौं केही मिडियामा छापिएका मेसीका अन्तर्वार्तामा कुनै वास्तविकता छैन र यसलाई आधार बनाएर छापिएका रिपोर्ट झुटा हुन्।’ कम्पनीले झुटो विवरण छाप्ने पत्रिकाको कटिङ आफूसँग सुरक्षित रहेको र आवश्यक परेको खण्डमा कानुनी लडाई लड्ने बताएको छ। पछिल्लो समय मेसीलाई अनुबन्धित गर्न इङ्लिस क्लब म्यानचेस्टर सिटी निकै सक्रिय देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१