पुन:संरचना विवादले चार दिनदेखि नुवाकोट बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०७३, बिहीबार ०८:३१

नुवाकोट । स्थानीय तह पुनस्संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा यहाँका स्थानीयले चार दिनदेखि यातायात ठप्प गरी आन्दोलन गरेपछि जनजीवन प्रभावित भएको छ ।

मंगलबारबाट आन्दोलन कडा परेपछि तरकारी बिक्रीका लागि आउने गाडी समेत रोकिएका छन् । नागरिकता लिने, मालपोतबाट धनीपूर्जा लिने, गाविस र जिविस लगायतका सेवा लिने सेवाग्राही यातायात ठप्प भएपछि पैदल हिँड्न बाध्य छन् ।

उनीहरुले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका नपाएसम्म अनिश्चितकाल यातायात बन्द गर्ने चेतावनी दिएको बुधबार थानसिङ, सूर्यमतिको पट्टाबारी, खानीगाउँको सिमा माथिल्लो शेरामा टायर बालेर विरोध जनाए ।

एमाओवादीका पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङ र काग्रेस सभापति एवं सांसद जगदिश्वरनरसिंह केसीले उनीहरुको माग प्रति ऐक्यवद्धता जनाएका छन् ।  जिल्लाको पूर्वीभेगबाट यातायात सञ्चालित हुने स्थान रावतबेसी, समुन्द्रटार, सातविसे, खरानीटार, बाहुनबेसी, माछापोखरी, ढिकुरे, आँप्र, चौघडा, थानसिङ, छहरेसम्म सार्वजनिक र निजी सवारी सञ्चालन हुन पाएका छैनन् । मागलाई सरोकारवाला निकायले वेवास्ता गरे सशक्त रुपमा अब जिल्ला ठप्प पार्ने चेतावनी आन्दोलरत पक्षले दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०