मोजा गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ, अब यसो गर्नुस्, केही दिनमै चट्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार १८:२१

जाडो याम छ । हामी प्राय दिनभर जुत्ता-मोजा लगाएर बस्छौँ । यसरी बस्दा कतिपय त मोजा गन्हाउने समस्याले हैरान छन् । शरीरको दुर्गन्ध त परफ्यूम छर्किएर भगाउन सकिन्छ, तर खुट्टा र मोजा गन्हाउने समस्याको प्रभावकारी औषधि बजारमा उपलब्ध छैन । यसका लागि घरेलु उपाय अपनाउने हो भने नै निकै प्रभावकारी हुन्छ ।

कतिपयलाई त मोजा गन्हाउने समस्याले अफिसमा पनि बेइज्यतीको सामना गर्नु परिरहेको हुन्छ । तपाईं पनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । तपाईंले अदुवाको प्रयोग गरेर मोजा गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

अदुवाले हाम्रो पैतालामा आउने पसिना सुकाउन र दुर्गन्ध हटाउन निकै प्रभावकारी भूमिका खेल्छ । अदुवामा डिटोक्सफाई गुण पनि हुन्छ, जसले पसिनालाई रोक्न र दुर्गन्ध उत्पन्न हुन नदिन सहयोग गर्छ । साथै यसले ब्याक्टेरियालाई फैलिनबाट पनि रोक्छ । स्मरण रहोस्, ढुसी र ब्याक्टेरियाले दुर्गन्ध उत्पन्न गराउन निकै ठूलो भूमिका खेल्छ ।

प्रयोग विधि
एउटा ठूलो अदुवा लिनुहोस् । त्यसलाई पिसेर गाढा पेस्ट बनाउनुस् । अब एक कप पानी तताएर त्यसमा यसलाई मिसाउनुस् । करिब १५ मिनेट यसलाई घुल्न दिनुस् । त्यसपछि सुत्नुअघि केही दिन यसले पैतालासहित मोजाले छोपिने खुट्टाको भागमा मालिस गर्नुहोस् । यसरी मालिस गरिसकेपछि कुनै मस्चराइजर क्रिम लगाएर सुत्नुहोस् । केही दिनसम्म नियमित यसो गर्नाले तपाईंको मोजा गन्हाउने समस्या हटेर जान्छ । साथै पैतालालाई स्वस्थ र कोमल बनाउन पनि भूमिका खेल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०