दाँत पहेँलो हुनबाट रोक्न यसो गर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार १८:०१

सेतो र चम्किलो दाँतले मानिसको सुन्दरतामा निकै ठूलो भूमिका खेल्छ । यस्ता मानिसहरु मुसुक्क हाँस्दा निकै नै सुन्दर देखिन्छन् । त्यसैले पनि दाँत सेतो र चम्किलो होस् भन्ने जो कोहीको चाहना हुन्छ । तर, प्रायले चाहँदाचाहँदै पनि दाँत पहेँलो हुनबाट रोक्न सकिरहेका हुँदैनन् । तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ, त्यसो भए यसो गर्नुहोस् ।

नुनमा तोरीको तेल :यो नेपालमा पहिलेदेखि नै प्रचलनमा रहेको उपाय हो । एक चिम्टी नुनमा दुई(चार थोपा तोरीको तेल मिसार ब्रस गर्नाले दाँतको पहेँलोपना हराउँदै जान्छ ।

केराको प्रयोग :केरालाई पिसेर पेष्ट बनाउनुस् । यस्तो पेस्टले दैनिक एक मिनेट दाँत मसाज गर्नुहोस् अनि ब्रस गर्नुहोस् । यसो गर्नाले पनि दाँतको पहेँलोपना हट्दछ ।

तुलसी : तुलसीमा दाँतको पहेँलोपन हटाउने अद्भुत शक्ति रहेको हुन्छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँतसम्बन्धी अन्य रोगहरुबाट पनि बचाउँछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टूथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्नाले दाँत सेतो र चम्किलो हुनथाल्छ ।

कागती :कागतीको रस निकाल्नुहोस् । त्यत्ति नै मात्रामा पानी मिसाउनुहोस् । यसरी तयार भएको रसले हरेक दिन खाना खाइसकेपछि कुल्ला गर्ने गर्नाले दाँत त चम्किन्छ नै स्वास गन्हाउने समस्या पनि कम हुँदै जान्छ ।

सुन्तलाको बोक्रा: सुन्तलाको बोक्रा र तुलसीको पातलार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि सो पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दाँत चम्किलो हुन्छ ।

गाजर :खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलोपन हटेर जान्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्न मद्त गर्दछ ।

नीम: नीमको उपयोग धेरै पहिलेदेखि नै दात सफा गर्न हुँदै आएको छ । यसले दाँतलाई सफा र चम्किलो बनाउने मात्र होइन, त्यहाँ रहेका किटाणु नष्ट गर्न पनि सघाउँछ । निमको सानो हाँगाले दिनहुँ दात सफा गर्ने गर्नाले पहेँलोपन अट्नुका साथै दाँतमा किरा पनि लाग्दैन ।

स्ट्रबेरीस : स्ट्रबेरी दाँत चम्किलो बनाउने सबैभन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँतलाई सेतो र चम्किलो बनाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१