हरियो खुर्सानी खाँदा हुने ७ वटा फाइदा यस्तो छ :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार १७:५७

हरियो खुर्सानीमा कैयन पोशक तत्वहरु पाइन्छ, जस्तै भिटामिन ए, बी(टऽ, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि । यति मात्रै होइन यसमा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, लुटेन( जक्सन्थिन जस्ता स्वास्थ्यवर्धक तत्वहरु पनि रहेको हुन्छ । यसो त सामान्यतया हरियो खुर्सानीको प्रयोग खानालाई स्वादिष्ट बनाउन हुने गरेको छ । जिब्रोको स्वादका लागि खाइने खुर्सानी हाम्रो स्वाथ्यका लागि पनि फाइदाजनक छ भने त दुवै हातमा लड्डु भनेजस्तो भएन र रु

आउनुस्, हरियो खुर्सानी खाँदा हुने ७ वटा फाइदाबारे जानकारी लिऔं ।

१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ ।

२. हरियो खुर्सानी एन्टी(अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राख्न सघाउँछ ।

३. भिटामिन ए समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ ।

४.हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ ।

५. हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ ।

६.केही अनुसन्धानको नतिजामा विश्वास गर्ने हो भने यसले लङ्ग क्यान्सरबाट पनि बचाउन मद्दत गर्दछ । यद्यपी यस कुराको आधिकारिक पुष्टी भने भएको छैन ।

७.हरियो खुर्सानीमा एन्टि(ब्याक्टोरियल गुण हुन्छ । जसले शरीरलाई ब्याक्टोरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०