टुसाएको लसुनको फाइदा हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार १७:५४

धेरै मानिसलाई लाग्छ, अंकुरित गेडागुडी तथा सागसब्जी स्वास्थ्यको लागि लाभदायक हुँदैन, यसमा हानिकारक रसायन तथा विषाक्त पदार्थ हुन्छ । यो कुरा सत्य हुन सक्छ, तर लसुनको हकमा भने यो कुरा झुटो हो । टुसाएको लसुनले कोलस्ट्रल कम गर्दछ, मुटुसम्बन्धी बिरामी हुनबाट जोगाउँछ । यसैगरी छालामा हुने संक्रमण रोक्नुका साथै बन्द नाक खोल्न सहायक भूमिका निर्वाह गर्दछ । अंकुरित लसुनको सेवनले अनेकौं स्वास्थ्य लाभ हुन्छ ।

१. क्यान्सरसँग लड्छ
अंकुरित हुने प्रक्रियामा लसुनमा फाइटोकेमिकल्सको उत्पादन हुन्छ । यस्तो रासायनिक यौगिकमा क्यान्सर सेललाई रोक्ने क्षमता हुन्छ र यो शरीरमा क्यान्सर पैदा गर्ने रसायनहरुलाई रोक्न पनि सहायकसिद्ध हुन्छ । एन्टीअक्सिड्यान्टले अक्सिजन रेडिकल्सलाई सफाई गर्न पनि सहायता गर्दछ ।

२. मुटुको सुरक्षा
अंकुरित लसुन फाइटोकेमिकल्स कार्सिनोजनको गतिविधिलाई रोक्न सक्नेगरी विभिन्न किसिमका एन्जाइम गतिविधिलाई बढावा दिन्छ र प्लाक गठनलाई बढावा दिन क्रियाकलपाकलाई रोक्न मद्दत गर्दछ । प्लैक मुटुको लागि एक हानिकारक तत्व हो ।

३.पक्षघातलाई रोक्छ
लसुनले रगत जम्ने समस्या रोक्छ । लसुनको पोटीमा मूल्यावान रसायन पाइन्छ, यसले शरीरमा रगत जम्न रोक्न । यसले रगत जमाउने रसायनलाई नष्ट गर्दछ । यसर्थ, यसले पक्षघातको समस्याबाट रोक्न सघाउँछ ।

४. अनुहारको चाउरी तथा बुढोपनबाट जोगाउन
हामी सबैलाई थाहा छ कि एन्टीअक्सिडेन्ट तत्व समयभन्दा अगाडि नै अनुहार देखिने चाउरीबाट बचाउँछ, शरीरबाट यस्ता अनेकौं फ्रि रेडिकल्स थेग्रिन्छन् जसले उमेर नपुग्दै मानिसलाई बुढ्यौलीले गाँज्छ । तर अध्ययनहरुले पाँच दिनसम्म टुसाएको लसनको पोटी खानाले एन्टीअक्सिड्यान्ट तत्व भरपूर मात्रामा मिल्छ । यसले उमेर नपुग्दै हुने बुढ्यौलीपनबाट बचाउँछ ।

६. रोग प्रतिरोधात्मक क्षमता बढ्छ
यदि तपाई रुघाखोकीको समस्याबाट ग्रस्त हुनुहुन्छ भने तपाईले अंकुरित लसुनको सेवन गर्दा राम्रो हुन्छ । किनकी अंकुरित लसुनमा उच्च मात्रामा एन्टीअक्सिड्यान्ट तत्व पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०