डेनमार्क बाट नयाँ शक्ति पार्टीलाइ आर्थिक सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार ११:०९

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपाललाई सहयोग गर्दै आएको द अल्टरनेटिभ, डेनमार्कले अर्को महिना हुने कार्यकर्ता भेलाको सहजिकरण गर्ने भएको छ। यसअघि गत वर्ष अप्रिल र अक्टुबर महिनामा काठमाडौंमा भएको नयाँ शक्ति पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षणकोसमेत डेनिस अल्टरनेटिभका बिशेषज्ञहरुले सहजीकरण गरेको सो पार्टीले जनाएको छ।
डेनमार्कले नेपाललाई दिँदै आएको सरकारी अनुदान कटौती गरे लगतै गत वर्ष नयाँ शक्ति पार्टी नेपालको आन्तरिक प्रजातान्त्रिक र पारदर्शी संगठनात्मक संरचना निर्माण गर्ने मुख्य उद्देश्यले द अल्टरनेटिभ डेनमार्कले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सो पार्टीलाई सहयोग गर्न झन्डै १ करोड ६७ लाख रुपैयाँ ९१० लाख ६९ हजार ५६० डेनिस क्रोनर० प्राप्त गरेको हो। डेनिस इन्स्टिच्युट फर पार्टिज एण्ड डेमोक्र्यासी मार्फत द अल्टरनेटिभले ञनेपाल प्रोजेक्ट ञका लागि उक्त रकम अनुदान प्राप्त गरेको हो।
झन्डै ३ वर्षअघि डेनिस सोसियल लिबरल पार्टी नेता उफे एल्बाकले मुलधारका पार्टीको बिकल्प दिन भन्दै सो आवद्ध परित्याग गरि द अल्टरनेटिभ ,डेनमार्क स्थापना गरेका हुन्। खासगरी डेनिस युवा,युवतीलाई आकर्षण गर्न सफल सो पार्टीले सन् २०१५ को डेनिस आम निर्वाचनमा कुल १७९ मध्ये ९ सिटमा विजय हात पारी डेनिस संसदमा छैठौ ठूलो पार्टी हुन् सफल भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१