परिवार दलका अध्यक्ष ढकाल र एमाले अध्यक्ष ओली बीच भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार ०८:०९

काठमाडौँ  । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गर्नु भएको छ । ओली निवास बालकोटमा भयको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका सहयोगी हिम बहादुर गुरुङले बताय । “गैर संबैधानिक संबिधान संशोधनको प्रस्ताबलाइ असफल बनाउने र निर्बाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने बिषयमा दुवै नेताहरु एकमत हुनुहुन्छ” भेटमा सहभागी परिवार दलका महामन्त्री बिनोद डाँगीले बताउनु भयो । छलफलमा अध्यक्ष ढकालले मधेश केन्द्रित दलहरुलाई पनि बिश्वाशमा लिएर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नु भयको महामन्त्री डाँगीले बताए । सरकारले संबिधान संशोधनको प्रस्ताब संसदमा पेश गरेपछि उत्पन्न राजनैतिक गतिरोधको उपयुक्त निकास खोज्न अध्यक्ष ढकाल पछिल्लो समय क्रियाशील हुनु भएको छ । केहि दिन अघि मात्र उहाँले संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव संग पनि छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१