केन्याविरूद्ध विश्व क्रिकेट लिगका लागि ५२ खेलाडी छनोट (नाम सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार ०८:०४

काठमाडौँ । केन्याविरूद्ध आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि ५२ खेलाडीबाट राष्ट्रिय टोलीको छनोट हुने भएको छ। यसका लागि खेलाडीहरूलाई ४ टोलीमा विभाजन गर्दै बुधबारदेखि सुपर लिगको आयोजना गर्दै खेलाडी छनोट गर्न लागिएको छ। कीर्तिपुरस्थित एक मात्र अन्तर्राष्ट्रिय खेल मैदानमा आयोजना हुन लागेको सुपर लिग ६ दिनसम्म सञ्चालन हुनेछ।
५२ खेलाडीमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ क्लबका खेलाडीहरूको वर्चश्व रहेको छ। बाँकी युथ टिमका खेलाडी पनि सहभागी छन्।
खेलाडीको नाम
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, अनिलकुमार मण्डल, राजेश पुलामी मगर, विक्रम सोब, सुवास खकुरेल, सुनिल धमला, सन्दीप लामिछाने, आरिफ शेख, राजु रिजाल, विनोद भण्डारी, अविनाश कर्ण, प्रदीप ऐरी, सुशान भारी, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आलम, महेश क्षेत्री, नरेश बुढाऐर, सिद्धान्त लोहनी, सन्दीप सुनार, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, दीलिप नाथ, आदिल खान, कमलसिंह ऐरी, आरिफ शेख, दीपेश श्रेष्ठ, किशोर महतो, विक्रमकुमार भुसाल, सुसान्तसिंह थापा, मञ्जित श्रेष्ठ, रसिद खान, सन्दीप ढुंगाना, प्रेम तामाङ, भुवन कार्की, हरिशंकर साह, पृथु बास्कोटा, सोनु तामाङ, रोहितकुमार पौडेल, रामनरेश गिरी, सुशिल कडेँल, अमित श्रेष्ठ, पवन सरार्फ, अविनाश बोहरा, कुशल भूर्तेल, अमरसिंह रोउतेला र सुवार्नकर उराव रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०