दोस्रो किस्ताको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्थ मन्त्रालयसँग २८ अर्ब रुपैयाँ माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७३, बुधबार ०७:३०

काठमाडौँ।  सरकारले भूकम्पपीडितलाई केही दिन भित्रै दोस्रो किस्ताको साढे १ लाख रुपैयाँ दिने भएको छ। त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्थ मन्त्रालयसँग २८ अर्ब रुपैयाँ माग गरेको छ।
गत फागुन ३० गतेदेखि पहिलो किस्ताको रकम वितरण सुरु गरिएपनि समयमा कार्यविधि पास नहुँदा अहिलेसम्म पीडितले दोस्रो किस्ताको डेढ लाख रुपैयाँ पाउन सकेका छैनन्।
पहिला सरकारले पीडितलाई घर बनाउन २ लाख रुपैयाँ दिने भनेको थियो। पुष्पकमल दाहाल नेतृत्वको सरकार अनुदान रकम बढाएर तीन लाख दिने बताएको थियो। तर समयमै कार्यविधि पारित नहुँदा दोस्रो किस्ताको बजेट निकासा हुन सकेको थिएन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१