लाइसेन्स प्रक्रियामा हुने ढिलाइ अझै उस्तै घटेन चाप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७३, मंगलवार ०८:५५

काठमाडौँ । लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ । गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिकासमेत सवारीचालक अनुमतिपत्र कार्यालयले सार्वजनिक गरेको छैन । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कार्यालयका कर्मचारीका अनुसार बिहीबार फाराम भरेका सेवाग्राहीको शुक्रबार लिखित परीक्षा र आइतबार प्रयोगात्मक परीक्षा ट्रायल हुनुपर्ने थियो । जसअनुसार शुक्रबार लिखित परीक्षा र परीक्षाफल सार्वजनिक गर्नुपर्ने थियो । तर, परीक्षा दिएका करिब ६ सयजनाको सोमबारसम्म परीक्षाफल सार्वजनिक गरिएको छैन । कार्यालयले सोमबार कार्यालय आउन आइतबार सूचना जारी गरेको थियो । तर, सोमबार कार्यालय पुगेका सेवाग्राहीको लाइसेन्स लिने प्रक्रिया अघि बढ्न सकेन । यसका साथै सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले गत बिहीबारदेखि थप लाइसेन्स फाराम लिएको छैन । यसरी ढिलाइ हुनुमा कम्प्युटर प्रणालीकृत सर्भरमा निरन्तर समस्या आउनुलाई मानिएको छ । सर्भरमा आएको समस्याकै कारण दु्रतगतिमा सेवा प्रदान गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले बताए । एकान्तकुनामा बढ्यो चाप मन्त्रालयले पछिल्ला दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा थप दुईवटा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै, अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रको फाराम भर्न सकिने व्यवस्था गरेको छ । यसले सवारीचालक अनुमपतिपत्र ९लाइसेन्स०को फाराम भर्न मध्यरातदेखि लाग्ने भीड केही दिनयता घटेको थियो । तर, सर्भरमा आएको समस्याले पुनः पहिलेकै जस्तो भीड हुन थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०