सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७३, मंगलवार ०८:४१

काठमाडौँ । सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ। सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो वेस्ट लाउन्ज र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१