राष्ट्रपति भण्डारीकी छोरीको बिबाहमा पूर्वराजा ज्ञानेन्द्र, राप्रपाका नेताहरुसंग एउटै टेबलमा बसेर चिया पिएपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार १५:०६

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमको विवाह समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन्। राष्ट्रपति भण्डारीकी छोरी निशाकुशुमको विहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र सोमबार मध्यान्ह शीतलनिवास पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रले बर र बुधलाई बधाइ दिएपछि केहीबेर विवाह समारोहमै बसेका थिए। बिहेको निम्तो मान्न पुगेका पूर्वराजा ज्ञानेन्द्रले शीतल निवासमा राप्रपाका अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द गायतसँग एउटै टेबलमा बसेर  कुराकानी गर्नुभएको थियो । पूर्वराजा ज्ञानेन्द्रले उनीहरुसँग बसेर चिया पिएपछि शीतलनिवासबाट बाहिरिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१