टन्सिल कस्तो रोग हो ? यसका लक्षण हरु कस्ता हुन्छन् ? यस वाट वच्न के गर्ने ? थाहा पाउनुपर्ने टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार १२:००

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ ।

टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् । जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ ।

यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ । यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ । जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ ।
लक्षणहरु
सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ
भोक नलाग्ने र अल्छि लाग्न सक्छ
बिस्तारै ज्वरो आउन थाल्छ
टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
त्यसपछि पनि निक्लिन थाल्छ
पिप बग्ने वा सुजन हुनछ
लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र

टन्सिलको उपचार कसरी गर्ने रु
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ । टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ ।
टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव ९सिँगान वा अन्य रस० अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ । यसमा दोहोरी–दोहोरी घाँटी दुख्ने, घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने गर्छ । परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन् । न्युज २४

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१