कोहलीद्धारा सचिन तेन्दुलकरको कीर्तिमान भंग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार ०९:४२

भारतीय कप्तान विराट कोहलीले आफ्नो आर्दश तथा भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा कीर्तिमान भंग गरेका छन्। रन पछ्याउने क्रममा विजयी सतक बनाउने सचिनको कीर्तिमानलाई आइतबार कोहलीले तोडेका हुन्।
विराटले पहिलो एकदिवसीयमा कप्तानी गर्ने क्रममा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्न १ सय २२ रनको सतकीय इनिङ खेलेको थिए। उनले भारतलाई रन पछ्याएर विजय दिलाउने क्रममा १५ सतक पुरा गरेका हुन्। यसअघि रन पछ्याएर भारतलाई विजय दिलाउने क्रममा सर्वाधिक सतक बनाउने कीर्तिमान सचिनको नाममा थियो। सचिनले १४ सतक पुरा गरेका थिए।
एकदिवसीय क्रिकेट खेल्न थालेपछि विराटको उपस्थितिमा भारतले ३ सयभन्दा बढिको योगफल ८ पल्ट सफलतापूर्वक पछ्याएको छ। यसमा भारतलाई जित दिलाउन ६ पल्ट विराटले सतक बनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१