रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै मिश्र र पाण्डे पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार ०९:०५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगले नापी कार्यालय टोखा चण्डेश्वरी, काठमाडौँ साबिक टोखा सरस्वती नापी कार्यालयका नापी सर्वेक्षक मिश्र र लेखापढी व्यवसायी पाण्डेलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

उजुरीको आधारमा आयोगको गएको टोलीद्वारा निजहरुलाई रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१