एमालेका सांसद कृपासुरलाई आफ्नै छोराले रुदै भने घर ना घाटको भएँ म ……(भिडियो हेर्नुस )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७३, आईतवार १८:३७

काठमाडौँ   । पूर्वमन्त्री तथा एमालेका सांसद कृपासुर शेर्पाले पदीय शक्ति प्रयोग गर्दै आफ्नै छोरालाई पाँच दिनको प्रहरी हिरासतमा पुर्याए । हिरासत मुक्त भएपछि कृपासुरका माइली दलित पत्नीतर्फका छोरा गणेशले भने, ‘दुनियाँमा यस्ता बाउ त कसैका नहोउन् ।’सुशील कोइराला प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री भएका कृपासुरका दलितपट्टिका छोरा गणेशको विषय बाहिर आएको थियो । नागरिकतासमेत नदिई अधिकारबाट वञ्चित गरिएका गणेशको विषय बाहिरिएपछि कृपासुरले मन्त्री पद जोगाउन उनलाई नागरिकता दिएका थिए ।
कृपासुरले नागरिकता दिए पनि अंश दिन आनाकानी गर्दै आएका थिए । अंश सम्बन्धी कुराकानी गर्न कृपासुरले छोरालाई बोलाएर केही दिन अघि प्रहरीमा बुझाएका थिए । हिरासतबाट छुटेपछि उनले रुँदै भने, ‘यति लामो जीवन नागरिकता बिना नै बाँचे । पद जोगाउन नागरिकता दिए । विदेश पठाइदिन्छु भन्ने आश्वासन दिए । घर ना घाटको भएँ म ।’
ताप्लेजुङमा सरकारी जागिरे कृपासुरले ३५ वर्ष अघि स्थानीय धनमाया दर्नालसँग प्रेमको नाटक गरेका थिए । धनमाया कृपासुरबाट गर्भवती भएपछि उनी ताप्लेजुङबाट भागे । धनमायाबाट गणेश जन्मेपछि सामाजिक तिरष्कार सुरु भयो । गणेश अलि ठूलो भएपछि धनमायाले कृपासुरले दिएको पीडा खप्न नसकेर मानसिक सन्तुलन गुमाइन् । केही महिना अघि उनको निधन भयो । धनमायाको निधनमा पनि कृपासुर अन्तिम संस्कारमा पुगेनन् ।

दलित भएकै कारण गणेशले पाएको दुःखलाई राष्ट्रिय दलित आयोगले गम्भीरतापूर्वक लिएको छ । आयोगका सदस्य बुद्धिमान परियारले भने, ‘मन्त्री भइसकेको, सांसद जस्तो व्यक्तिलाई उहाँको पार्टीले यस्तै सामाजिक संस्कार सिकाएको रहेछ रु भनेर कसैले प्रश्न गर्यो भने के भन्ने रु उहाँले त अत्याचार नै गरेको देखियो ।’

कृपासुरले दिएको पीडा उनका छोरा गणेशले यसरी पोखे – नेपाल आज – भिडियो हेर्नुहोस्‘ –साभारस् नेपाल आज

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१