यस्तो छ युएईमा प्रधानमन्त्री दाहालको ४ दिने भ्रमण तालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७३, आईतवार ११:४३

युएई ।  प्रधानमन्त्री दाहालको भ्रमण तालिका यस्तो छ । माघ १ शनिबार स् विमानस्थलमा स्वागत । लगत्तै एमिरेट्स प्यालेस होटल आबुधाबीमा बास । माघ २ आइतबार स् बिहान आबुधाबीमा रहेको शेख जायद ग्राण्ड मस्क ९मस्जिद० को भ्रमण । दिउँसो नेपाली दूतावास आबुधाबीले आयोजना गरेको भेटघाट तथा नेपाली प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया । दिउँसो नै युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसँग दुबईमा भेटघाट । विश्वको अग्लो भवन बुर्ज खलिफाको भ्रमण । बेलुका दुबईमा नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलको आयोजनामा हुने भेटघाट कार्यक्रम । माघ ३ सोमबार स् अबुधाबीमा रहेको राष्ट्रिय प्रदर्शनी सेण्टरमा सञ्चालन हुने विश्व उर्जा भविष्यबारेको सम्मेलनमा विशेष सम्बोधन गर्ने । युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग भेटघाट । युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नह्यानसँग भेटघाट तथा युएईमा रहेका नेपाली कामदारको पारिश्रमिक र सामाजिक तथा अन्य सुरक्षाको विषयमा छलफल ।माघ ४ मंगलबार स् युएईको समय अनुसार बिहान १० बजेर ५ मिनेटमा स्वदेश फर्कने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१