उच्च अदालत न्यायाधीश सिफारिस फिर्ता हुँदैनः कानुनमन्त्री, नसच्याए बेन्च बहिष्कार गर्ने बार एसोसिएसन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७३, आईतवार ०९:४०

काठमाडौँ ।  कानुनमन्त्री तथा न्यायपरिषद् सदस्य अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीशको नियुक्ति संविधानसम्मत रहेको तथा उक्त निर्णयमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायको सहमति रहेको दाबी गरेका छन् । नेपाल बार एसोसिएसनले भने उक्त निर्णय खोटपूर्ण रहेको उल्लेख गर्दै नसच्याए बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने चेतावनी दिएको छ । कानुनमन्त्री नायकले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने, हामीले ऐन, कानुन, संविधानअनुसार नै न्यायाधीश नियुक्त गरेका हौं । यो कुनै हालतमा पनि फिर्ता हुँदैन । यो निर्णय सबैलाई स्वीकार्य छ । उनले नियुक्ति समावेशी र समानुपातिक रहेको दाबीसमेत गरे । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१