३४ किलो सुन काण्डमा संग्लग्न दुइ कर्मचारीलाई संगठित अपराधमा मुद्धा चल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार १५:०५

काठमाडौं । ३४ किलो सुन काण्डमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका भन्सारका दुइ कर्मचारीलाई संगठित अपराधमा मुद्धा चल्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एक्स रे टेक्निसियनको रुपमा कार्यरत राजकुमार ढकाललाई सीआइबीले संगठित अपराध अन्र्तगत मुद्धा चलाउने भएको हो ।

बिहीबार घरबाटै पक्राउ परेका यादव र ढकाल दुवैलाई सिआइबीले १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । गत बिहीबार दुवईबाट सुन बोकेर आउने गोपाल शाही, विमानस्थलमा सुन लिन जाने सन्तोष काफ्ले र दिलबादुर थापाको यसअघि नै म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

सरकारी कर्मचारीलाई पहिलो पटक

सिआइवीले सुन बरामद हुने वित्तिकै राजश्वमा बुझाउने परम्परालाई तोड्दै आफैंले अनुसन्धान गरेर पहिलो पटक संगठित अपराधमा मुद्धा चलाउन लागेको हो ।

यसअघि विभिन्न अभियोगमा सरकारी कर्मचारीहरु पक्राउ परेको भए पनि संगठित अपराधमा मुद्धा चलाउने लागिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१