माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको ओलीको गम्भीर आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार ०८:१८

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे। उनले कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै माओवादीमा ती कुनै गुण नभएको जिकीर गरे।  अध्यक्ष ओलीले सरकारप्रति संकेत गर्दै कठपुतलीहरुको आगमन आफनो राष्ट्र र जनताप्रतिको निष्ठाकै कारण भएको पनि उल्लेख गरे। फरक प्रसंगमा अध्यक्ष ओलीले विगतमा एकतन्त्रिय शासन चलाएकाहरुले बहुदलीय व्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१