जलवायु परिवर्तनका नकारात्मक असरले नेपालका उच्च हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा बढी असर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार ०७:४२

काठमाडौँ  ।  वातावरणविद्ले जलवायु परिवर्तनका नकारात्मक असरले नेपालका उच्च हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा बढी असर पारेको औँल्याएका छन् ।

‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका असरसँग जुध्ने उपायका बारेमा समेत छलफल भएको थियो । जलवायु परिवर्तनका असरले नेपालका हिमाली क्षेत्रको जीविकोेपार्जनमा प्रत्यक्ष असर परेकाले त्यसबारेमा सरकारी नीति र रणनीति परिमार्जन गर्नुपर्नेमा सम्मेलनका सहभागीले जोड दिनुभएको थियो ।

विश्वव्यापी रुपमा बढ्दो उष्णतामा नेपालजस्ता मुलुकको योगदान नगण्य हुँदा पनि हिउँ पग्लाइ, हिमताल विस्फोटन, बाढीपहिरो, भूक्षय, पानीको स्रोतमा कमीलगायत जलवायु परिवतर्नका नकारात्मक असरबाट प्रताडित हुनुपरेको छ ।
तीनदिने सम्मेलनले  जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असरसँग जुध्ने सामूहिक दृढतासहितको छबुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले जलवायु परिवर्तनका असरसँग जुध्न अनुकूलन कार्यप्रणाली अपनाउनुपर्नेमा सुझाव दिँदै जैविक विविधता र जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने विश्व मञ्चका लागि सञ्जाल स्थापना गर्न जोड दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१