अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार १६:०२

काठमाडौं । अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले भन्सारका दुई कर्मचारीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सारका श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ गरेको  छ ।

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो । सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार कर्मचारीहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०