सडकको किनारामा बेच्न राखिएको खानेकुराहरु नखानुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७१, बुधबार ०६:०४

काठमाडौँ ,७ साउन ।  मनसुनले एकातिर खुसी ल्याएको हुन्छ भने अर्कोतर्फ निकै रोगहरु पनि निम्त्याएको हुन्छ । यदि तपाईं मनसुनलाई राम्रो तरिकाले व्यतित गर्न चाहनुहुन्छ भने सडकको किनारामा बेच्न राखिएको खानेकुराहरु नखानुहोस् । यसका साथसाथै तारेको र मसालेदार खानाहरु पनि कम खानुहोस् । मनसुनमा थुप्रै मानिसहरु पानी परेको देखेर तातो पकौडा बनाएर खान रुचाउँछन् तर यो तपाईंको स्वास्थ्यका लागि राम्रो मानिँदैन ।  ???????????????????????????????मनसुनमा कुनै पनि खानेकुराहरु स्वच्छ हुँदैन । यतिबेला पानी निकै दुषित हुने भएका कारण घरबाहिर पाइने खानेकुरा खाँदा निकै होसियारी अपनाउनुपर्ने हुन्छ । तपाईंले कुन ठाउँमा कस्ता खानेकुराहरु खाइरहनुभएको छ, यस्ता कुराहरु मनसुनको बेलामा निकै महत्वपूर्ण हुने गर्दछ । आउनुहोस्, मनसुनमा कस्ता कस्ता खानेकुरा खानबाट बच्नुपर्छ भन्ने कुरा थाहा पाउनुहोस्ः १. पिरो र मसालेदार पकौडाः मनसुनको समयमा सडकको साइडमा पाइने पकौडाहरु नखानुहोस् । यी पकौडाहरुलाई पकाउनका लागि जुन तेल प्रयोग गरिएको हुन्छ, त्यो तेलले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुराउने गर्दछ । images (2)मनसुनमा तपाईंको पाचन क्षमतामा ह्रास आउने भएका कारण यस्ता खानेकुराहरु नखाँदा नै राम्रो हुन्छ । २. चाट र पानीपुरीः दुषित पानीको प्रयोगले चाट र पानीपुरी बनाइएको छ भने तपाईंले यसलाई खाएर सिधै डाक्टरलाई भेट्न जानुपर्ने हुन्छ । ३. समोसा तरकारीः धेरैजनालाई समोसा निकै मनपर्न सक्छ तर यसलाई तपाईंले मनसुनमा नखाँदा नै राम्रो हुन्छ । पकौडाजस्तै यसलाई पनि पकाउनका लागि राम्रो तेलको प्रयोग गरिँदैन त्यसकारण यसबाट टाढा बस्दा नै राम्रो । ४. सडक किनारामा पाइने चाइनिज फुड यस्ता खानेकुराहरु बनाउनका लागि राम्रो पानीको प्रयोग गरिँदैन । यो मौसममा यदि तपाईं दुषित पानी पिउनुहुन्छ भने तपाईंको पेटले यसको जवाफ दिनेछ । ५. पात भएको तरकारीः यो मौसममा पात भएको तरकारीहरुमा किटाणु र किरा हुने सम्भावना अधिक हुने गर्दछ त्यसकारण साग र पात भएको तरकारी खाँदा निकै होसियार रहनुहोस् । ६. सडक किनारामा पाइने फलफूलका जुसः यस्ता जुसमा दुषित पानी पनि मिसाइन सक्ने भएका कारण यो मौसममा नखाँदा नै राम्रो । ७. काटेर राखिएको फलफूलः सडकमा काटेर राखिएको फलफूल त झन् खाँदै नखानुहोस् । यस्ता फलफूलमा दुषित पानीको प्रयोग हुनुका साथै खुल्ला रुपमा छोडिने भएका कारण झिंगाहरु बसेको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१