‘मोडलिङ कस्तो भन्ने हो’ भन्ने कुरा हेर्ने नजरमा भर पर्छ : मोनिका बुढाथोकी मोडल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार १२:२३

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन् ‘मनिका बुढाथोकी ।

काठमाडौंको कपनकी बासिन्दा मनिका ड्रिम्स अनलिमिटेड नामको एक संस्था मार्फत प्रशिक्षण लिएर मोडलिङ क्षेत्रमा प्रबेश गरेकी हन् । उनले यस क्षेत्रमा प्रवेश गरेको छोटो समयमै धेरै मोडलिङ सम्बन्धी काम गरिरहेकी छिन् । विभिन्न सांगितिक कार्यक्रममा नृत्य तथा ¥याम्प समेत गर्दै आएकी उनी छ्टिटै म्युजीक भिडीयोमा समेत देखिने भएकी छिन् । भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा रहेकी मोनिका सानैदेखि अभिनयको सौख चढेको बताउछिन् । राम्रो फिल्मको अफर आयो भने अभियन गर्ने पछि नपर्ने बताउने उनले अभियन प्रशिक्षण समेत लिएकी छन् । सानैदेखि नाच्न तथा अभिनयमा रुचाउने मोनिका सम्भावनायुक्त कलाकार हुन् । विज्ञान विषयकी अध्ययन र सामाजिक सेवामा समर्पित उनै मोडल मोनिका बुढाथोकीसंग गरिएको छोटो कुराकानी । 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले स्ष्टेज प्रोग्राम तथा ¥याम्पमा ।

नृत्य अभियनबाहेक अन्य रुचिको क्षेत्र ?
लेखन र अध्ययनमा रुचि छ । कहिलेकाही गुनगुनाउछु पनि ।
लेखनमा कस्तो विषयले प्राथमिकता पाउँछन् ?
रोमान्टिक विषयमा लेख्नै सक्दिन । ट्राजेडीका विषयमा लेख्न मन लाग्छ ।
प्रेममा धोका पाएर ट्राजेडी फुरेको हो ?
त्यस्तो होइन, प्रेम गर्ने असल मान्छे भेटेकै छैन । सानै छु वेला हुदै छ होला ।
उसोभए अहिले सिङ्गल ?
एकदम, कम्प्लिट सिङ्गल छु ।
सामाजिक सञ्जाल कुन, कुन कत्तिको चलाउनुहुन्छ ?
फेसबुक , टुईटर, प्राय चलाउछु ।
साथी बन्ने प्रस्ताव कतिको आउँछ ?
धेरै आउछन् ।
प्रेम प्रस्ताव कतिको आउँछन् ?
धेरै नै आउँछ । तर, मलाई चाहिँ आजसम्म कोही मन परेको छैन ‘आइ लभ यु टू’ भन्नको लागि ।
करिअर कसरी सुरु भयो ?
ड्रिम्स अनलिमिटेडमा तालिम लिए । फोटो सुट गरे । त्यसपछी
यो पेशामा आउन परिवारको कत्ति सहयोग छ ?
परिवारको सहयोग र सहमतिमा नै म यो क्षेत्रमा छु । ममी र बाबाले मेरो काममा प्रोत्साहन गररहनुभएको छ ।
हाम्रो समाजमा ¥याम्प मोडलको खासै प्रशंशा गर्ने गरेको सुनिदैंन नि ?
हो । यस्तो देख्दा केही खल्लो पनि लाग्छ । तर, यो सबै हेर्ने नजरमा भर पर्छ । विस्तारै सुधार हुँदैं गएको जस्तो लाग्छ ।
दाम नै नभए पनि किन यो क्षेत्रमा युवाको आकर्षण नि ?
अहिले जसलाई पनि यो क्षेत्रले लोभ्याएको छ । गरौं न, हेरौं न भन्ने उत्सुकताले होला ।
म्युजिक भिडियो र चलचित्रमा खेल्ने रुची छ कि छैन ?
मलाई म्युजिक भिडियो भन्दा राम्रो अफर आयो भने चलचित्र गर्ने इच्छा छ । हेरौं के हुन्छ ।
के चढ्नु हुन्छ ? गाडी, स्कुटी वा सार्वजानिक सवारी ?
धेरैजसो सार्वजानिक सवारीमा यात्रा गर्छु ।
तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?
वन पिस र साडी ।
अन्ततः तपाईलाई १० बर्षपछि कहाँ कस्तो अवस्थामा देख्न पाइने छ ?
एउटा राम्रो कलाकार भएको यही नेपाली कला क्षेत्रमै ।
केही भन्न चाहनु हुन्छ दर्शक तथा पाठकलाई ?
म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला, त्यही अनुसार अघि बढ्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०