बिमल स्मृति भलिबलको उपाधि सेनालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार ०८:२९

दार्चुला । स्व बिमल सिंह बुढाथोकीको स्मृतिमा यहाँ सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ । स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो ।

स्व बिमल स्मृति आयोजक समिति, राप्लाको आयोजनामा गत शनिबारदेखि सुरु उक्त प्रतियोगितामा सर्मोली सेना सामु २५–२०, २५–१४ र २५–१८ फराकिलो अङ्कको अन्तरमा पराजित हुँदा द्वितीयमा चित्त बुझाउनु परेको थियो । सेनाले उपाधि कब्जासँगै रु ५१ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्न सफल भएको छ । द्वितीय भगवती युवा क्लब, सर्मोलीले रु २५ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ ।

त्यस्तै, नेपाल प्रहरी र सामुदायिक ग्रामीण विकास समाज ९सिआरडिएस० नेपाल तृतीय भएका छन् । तृतीय दुवै टोलीले समान रु ११ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । आयोजक समितिले प्रतियोगितामा सहभागी सबै टोलीलाई मायाको चिनोसमेत प्रदान गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१