प्राधिकरणबाट ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअो

काठमाडौँ।   सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्रमख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो। सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री  सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले ०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो। सरकारले उनको काम चित्त बुझ्दो नभएको भन्दै दुई पटक स्पष्टिकरण सोधेको थियो। उनको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले पदबाट हटाइएको मन्त्री कार्कीले जानकारी दिए।  त्यसअघि भूकम्पपछिको  पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार डाक्टर गोविन्द पोखरेल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। संसदले अध्यादेश पारित नगरेकाले अध्यादेश र उनको नियुक्ति खारेज भएको थियो।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री