imsrkfinal1

आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्रमख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।

सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले भूकम्पबाट क्षति भएका देशभरिका विद्यालय पुनर्निमार्ण गर्न चाहिने जनशक्ति एक वर्षका लागि करारमा नियुक्त गन शिक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री