imsrkfinal1

राज्यको दुरुपयोग गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री चढे डेढ लाखको हेलिकोप्टर

काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।
विहान करिब ९ बजे सेनाको पाँच सिटे हेलिकोप्टर लिएर गएको मन्त्री भण्डारीको टोली साँझ पौने पाँच बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकोप्टर प्रयोगमा डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्यलगायतको टोलीले मंगलवार मृतक शाहीका परिवार वसोवास गरेको जाजरकोट पुगेर संवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । उनलाई गत बिहीबारको मन्त्रीपरिषदले पहिलो वन संरक्षण सहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री