imsrkfinal1

काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण अर्थ व्यवस्था टिकेको डा महत

धनगढी । नेपाली काँग्रेसका नेता डा रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन ।

काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको बताए ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले भने, “२०४८ देखि काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ ।”

राज्य नियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उनले पाँच नम्बर प्रदेशका जनताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका नेता एवम् वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर सङ्गठनमा लाग्नुपर्ने बताए ।

काँग्रेसका अर्का नेता एवम् सांसद रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई निकास दिन काँग्रेस सक्षम रहेको बताए । सांसदद्वय पुष्करनाथ ओझा र चन्द्रा जोशीलगायतले संविधान कार्यान्वयनमा दलहरु गम्भीर हुनुपर्ने बताएका थिए ।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री