थापालाई परराष्ट्र र गच्छदार सञ्चारसहित उपप्रधानमन्त्रीमा दिनेबारे प्रचण्ड र देउवाबीच सहमति

काठमाडौँ । राप्रपाको कमल थापा पक्ष र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने करिब पक्कापक्कि भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति भएको बालुवाटार गोप्य स्रोतले जनाएको छ ।
राप्रपाबाट वर्तमान सरकारमा दीपक बोहरा र विक्रम पाण्डे मन्त्री छन् । पार्टी एकीकरणअघि नै राप्रपा सरकारमा थियो । राप्रपा र कमल थापाले नेतृत्व गरेको तत्कालिन राप्रपा नेपालबीच एकीकरण भएपछि दुर्व समूह सरकारमा जाने सहमति थियो ।
प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मत दिएका गच्छदार भने अहिलेसम्म सरकारबाहिरै छन् । संविधान संशोधनका पक्षमा दुई तिहाई पु¥याउने पहलस्वरुप थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको हो ।

थापालाई परराष्ट्र र गच्छदार सञ्चारसहित उपप्रधानमन्त्री  

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार थापालाई उपप्रधानसहित परराष्ट्र र गच्छदारलाई उपप्रधानसहित सञ्चार दिनेबारे प्रचण्ड र देउवाबीच सहमति भइसकेको छ । योसँगै सरकारमा चार उपप्रधानमन्त्री हुनेछन् । हाल अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधि उपप्रधानमन्त्री छन् ।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री