imsrkfinal1

बैंकहरुबीच विभिन्न मुद्दती योजना बनाई धेरै ब्याजदर दिएर ग्राहक तान्ने होडबाजी

काठमाडौँ । पछिल्लो समय बैंकहरुबीच विभिन्न मुद्दती योजना बनाई धेरै ब्याजदर दिएर ग्राहक तान्ने होडबाजी बढेको छ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम कम भएपछि बैंकहरुले निश्चित अवधि र न्यूनतम रकम तोकेर धेरै व्याजदर दिनेगरी मुद्दति योजनाहरु बनाएका छन्। न्युनतम ८० दिनदेखि चाहेअनुसारको अवधिसम्म विभिन्न योजनामार्फत मुद्दतीमा बैंकहरुले निक्षेप लिने गरेका छन्। बैंकहरुले आफ्ना मुद्दती योजनामा ११. १ प्रतिशतसम्म ब्याजदर दिन थालेका छन्।

तपाईले आफ्नो रकम लगानीबाट धेरै प्रतिफल चाहनुहुन्छ भने, उच्च व्याजदर दिने बैंकहरु छान्नुहोस्। तर तपाईले आफूसँग भएको न्यूनतम रकम र बैंकमा राख्ने अवधि भने ख्याल गर्नुपर्ने हुन्छ।

हेर्नुहोस् मुद्दतीका योजनामा हाल कुन बाणिज्य बैंकले कति व्याजदर दिन्छ ?

हेर्नुहोस् मुद्दतीका योजनामा हाल कुन बाणिज्य बैंकले कति व्याजदर दिन्छन्?
बैंक न्यूनतम मौज्दात अवधि ब्याजदर
जनता बैंक   १०० दिन १०
माछापुच्छ्रे बैंक   १५० दिन ८. २५
कृषि विकास बैंक ९ लाख १८० दिन ८. ५
ग्लोबल आइएमइ बैंक १० लाख ३६५ दिन ८.५
हिमालयन बैंक १० हजार १८० दिन ४.५
एभरेष्ट बैंक १० लाख २ वर्ष माथि ७.२५
सिभिल बैंक ५ लाख १११ दिन ११. १
लक्ष्मी बैंक   १२० दिन ८.५
नबिल बैंक   २ वर्ष
प्रभु बैंक   ५ वर्ष ८.५
मेगा बैंक १० लाख ३६५ दिन १०
कुमारी बैंक   ९९ दिन
एनआइबिएल बैंक ५ लाख १८० दिन ६.५
प्राइम बैंक   २ वर्ष
एनएमबी बैंक   २७० दिन ८.२५
नेपाल बङग्लादेश बैंक   ३ वर्ष
एनसीसी बैंक   १ वर्ष
सेन्चुरी कर्मसियल बैंक २० लाख १०० दिन
सिद्धार्थ बैंक   ३६५ दिन ८.२५
सनराइज बैंक   १५ महिना ७.७५
एनआइसी एसिया बैंक   ३ वर्ष ८.५
नेपाल एसबिआई बैंक   १ वर्ष ५.५
सिटिजन्स बैंक   १२० दिन
सानिमा बैंक २५ लाख १८० दिन
स्टाण्डर्ड चार्टड बैंक १ लाख ३६५ दिन
बैंक अफ काठमाण्डु लुम्विनी १ लाख ३६५ दिन

 

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री