नेपाल परिवार दल द्वारा धन्यबाद ज्ञापन सहित एमालेले दरो खुट्टा टेके संसोधन असफल बनाउन सकिने : परिवार दल

काठमाडौं । नेपाल परिवार दलले पुस २२ गते प्रतिपक्षी ९ दलको आयोजनामा सम्पन्न बृहत जनसभालाई सफल बनाउन सहयोग पुर्याउने पार्टीका नेता, कार्यकर्ता, सुभेच्छुक, सुरक्षाकर्मी, संचार क्षेत्र तथा आम-नागरिकलाइ धन्यबाद ज्ञापन गरेको छ । सोमबार दलको केन्द्रिय कार्यालय काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले जनसभाको समिक्षा गर्दै राष्ट्रियताको मुद्धामा उपत्यका बासीले देखायको ऐक्यबद्धताको उच्च सम्मान गर्दै गैर संबैधानिक र राष्ट्रहित बिपरितका प्रस्ताबहरु असफल बनाउन हदै सम्म क्रियाशील भयर अघि बढ्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले बताउनु भयो । बैठकले जनसभा पूर्ण रुपमा सफल रहेको निष्कर्ष निकालेको दलका प्रदेश नम्बर ३ का संयोजक गणेश कुमार श्रेष्ठले जानकारी गराउनु भयो । बैठकमा बोल्दै दलका अध्यक्ष एकनाथ ढकालले सरकारले जबर्जस्ति संबिधान संशोधनको गैर संबैधानिक प्रस्ताब संसदमा पेश गरेर नेपाली जनतालाई धोका दियको उल्लेख गर्दै बिदेशी रिझाउन ल्यायको प्रस्ताब एमालेले दरो खुट्टा टेके असफल बनाउन सकिने धारणा राख्नु भयो । अध्यक्ष ढकालले राष्ट्रिय समस्याको समाधान गर्न सरकार संग नैतिक बल नभयको अनुभब गरेको भन्दै राष्ट्रिय सहमति बेगर संबिधान संशोधन गर्छु भन्ने सरकारको अडान तथ्यपरक नभयको टिप्पणी गर्नु भयो । उहाँले अधिकाम्स जनताको भावना प्रतिपक्षी दलहरुले प्रतिनिधित्व गरेकोले सरकारको अवस्था नाजुक र दहनिय रहेको बताउनु भयो । अध्यक्ष ढकालले परिवार दलले सत्तापक्ष, प्रतिपक्ष र मधेश केन्द्रित दलहरु बिचको विश्वाशको बाताबरण सहज बनाउन र सबैलाई राष्ट्रहित तथा जनहितमा केन्द्रित गरेर सहकार्य गराउन पहल गर्ने बताउनु भयको थियो । अध्यक्ष ढकालले सर्वोच्च अदालतले अख्तियार प्रमुखलाई अयोग्य घोषणा गरेपछि स्वाभाविक रुपमा केहि प्रश्नहरु उब्जियको भन्दै उनलाई नियुक्तिको सिफारिस गर्नेहरुले पनि नैतिक जिम्बेवारी लिनुपर्ने बताउनु भयो ।

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री