वर्ष खेलाडीका लागि रोनाल्डोको नाम अगाडि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७३, सोमबार १३:१०

गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो  सार्वजनिक हुने फिफा वर्ष खेलाडीको दावेदारको रूपमा पनि अगाडि छन्। उनलाई यसका लागि पुरानै प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले कडा चुनौती दिएका छन्। यसपालि फिफा वर्ष खेलाडीको दावेदारमा माथि आएको अर्को नाम हो, एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोन ग्रेजम्यान। गत महिना फ्रेन्च म्यागजिनले प्रदान गरेको बालोन डि’ओरमा उत्कृष्ट तीन दावेदारको रुपमा रोनाल्डो र मेसीसँगै ग्रेजम्यानको नाम पनि सार्वजनिक भएको थियो। ६ वर्ष फ्रेन्च म्यागजिनको सहकार्यमा फिफाले वर्ष खेलाडीको रुपमा बालोन डि’ओर नै प्रदान गर्दै आइरहेको थियो। तर, यसै वर्ष फिफा र फ्रेन्च म्यागजिनबीचको सहकार्य टुटेपछि फिफाले यस वर्षदेखि पुनः आफैले वर्ष खेलाडी चयन गर्ने निर्णय गरेको थियो। सन् २०१६ मा आफ्नो देशलाई युरो कपको उपाधि र क्लबलाई च्याम्पियन्स लिग जिताएका कारण रोनाल्डोको सम्भावना अत्याधिक रहेको छ। यद्यपी रोनाल्डोको तुलनामा मेसी गोल गर्न र गोलको मौका सिर्जना गर्न खप्पीस देखिएका छन्। तर, रोनाल्डो जस्तै गत वर्ष ठूलो प्रतियोगिताको उपाधि जितेको ‘टयाग’ मेसीसँग छैन्। मेसीको उपस्थितिमा बार्सिलोनाले सन् २०१६ मा ला लिगा र डेल रेको उपाधि भने जितेको थियो। तर, त्यो च्याम्पियन्स लिग र युरो कपको तुलनामा कम आँकिएको छ। गत वर्ष अर्जेन्टिनालाई दक्षिण अमेरिकाको ठूलो प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा प्रवेश गराउन मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, उनी आफ्नो देशलाई उपाधि दिलाउनबाट बञ्चित रहे। टाइब्रेकरमा अर्जेन्टिनालाई ४–२ गोलले पराजित गर्दै चिलीले दोस्रो पल्ट उपाधि जितेको थियो। सन् २०१५ मा पनि भएको कोपा अमेरिकामा मेसीको नेतृत्वमा अर्जेन्टिना फाइनल पुगेको थियो। तर, त्यहाँ पनि चिलीसँगै टाइब्रेकरमा ४–१ ले पराजित भएको थियो। यसै कारण निरास मेसीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरेका थिए। तर, पछि अर्जेन्टिनी राष्ट्रपतिको आग्रहमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किए। फिफा पुरुष वर्ष खेलाडीसँगै यसपालि महिला खेलाडी पनि पुरस्कृत हुदैछन्। स्विट्जरल्यान्डको ज्युरिचमा राती सवा ११ बजेदेखि आयोजना हुने कार्यक्रममा उत्कृष्ट प्रशिक्षकलाई पनि सम्मान गरिनेछ। उत्कृष्ट प्रशिक्षकको मनोनयनमा इङ्लिस क्लब लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रेनारी अगाडि छन्। यस्तै, पोर्चुगललाई २०१६ को उपाधि दिलाउने फर्नान्डो सान्तोष र रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदानको सम्भावना पनि उत्तिकै छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१