अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७३, सोमबार १२:५३
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो ।
बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए । प्रशासनले दिएको समयसिमा भित्र जग्गा खाली नगरेकाले बलप्रयोग गरेर वस्ति हटाउनु परेको जनाएको छ ।
जग्गा अतिक्रमण रोक्न पटक–पटक पत्र लेखिए पनि अटेर गरिएपछि वल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ ।
https://youtu.be/BK4G-_RsQ1I

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१