imsrkfinal1

दाइजो नदिएको निहुँमा महिलाको हत्या

रौतहट । मागेअनुसारको दाइजो नदिएको निहुँमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ ।

दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या भएको माइती पक्षले दाबी गरेको छ । लालमुनीको निधनको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या नगरी परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको र परीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले मृतकको ससुरा राजेन्द्र साह र सासू प्रमिला देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमवार, पुस २५, २०७३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री