बलिउड अभिनेत्री आलिया भट्ट कहाँ छिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७३, आईतवार १४:२२

बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जाल तथा गुगलमा सर्वाधिक खोजिने कलाकारमध्ये पर्छिन् । तर, अहिले उनी कहाँ छिन् ?  मिडियाहरूले पनि उनलाई खोज्न थालेका छन् । यसको अर्थ के होइन भने आलिया फिल्मी क्षेत्रबाट नै हराएकी छिन् । उनी नयाँ वर्षसम्म मिडियामा छाइरहेकी थिइन्, त्यो पनि बिदा मनाउन ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रासँग आम्सटर्डम पुगेर । तर, अहिले उनी कहाँ छिन् त रु यो प्रश्न उठ्नुको कारण आलियाले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटो हो । केही दिनअघिसम्म सिद्धार्थसँग देखिएकी आलिया यसपटक सामाजिक सञ्जालमा केटी साथीहरूसँग एउटा स्विमिङ पुलमा बसेको फोटो सेयर गरेकी छिन् । त्यसको क्याप्सनमा उनले लेखेकी छिन्, ‘नयाँ वर्ष, पुरानाहरूसँग ।’ तर, उनले आफू कहाँ छु वा यो तस्बिर कहाँको हो भन्ने उल्लेख गरेकी छैनन् । त्यसैले पनि प्रश्न उठेको हो, कहाँ छिन् आलिया रु नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१