ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले चौथो स्थापना दिवस मनायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार १४:३९

काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आफ्नो स्थापनाको चौथो स्थापना दिवस मनाएको छ ।स्वास्थ्य मन्त्री गगन थापाले सरकार ग्राण्डी जस्तो अस्पतालको साथमा सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए । उनले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी अस्पतालले उदाहरणीय कार्य गरेको जिकिर गर्दै त्यस किसिमका अस्पतालहरु आवश्यक रहेका उल्लेख गरे ।
नेपाल राष्ट्र बैकका गर्भनर डा। चिरिञ्जिवी नेपालले आफू ग्राण्डी अस्पतालको सेवाबाट अत्यन्त प्रभावित भएको र यस किसिमका सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मुलुकको लागि अपरिहार्य रहेको बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष दिपक कुवर, मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले आफ्नो मन्तव्य राखेका थिए ।

चार वर्षदेखि एउटै छानामुनी विभिन्न प्रकारका ३५ वटा विशेषज्ञ सेवा प्रदान गर्दै आएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हाडजोर्नी, मिर्गौला प्रत्यारोपण, इएमएस् सेवा खेलकुदका क्रममा लागेको चोटको उपचारका लागि आर्थोस्कोपिक उपचार र स्पोर्ट्स मेडिसिनका लागि प्रसिद्ध मानिन्छ । यहाँ न्युरो सर्जरी, स्पाइनल सर्जरी, निःसन्तानपन भएकाहरुलाई आईभीएफ प्रविधिद्वारा उपचार गराउने फर्टिलिटी सेन्टर लगायतका अन्य उपचारको समेत व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१