प्रेम सबै भन्दा पावरफुल फिलिङ हो : सुष्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार १४:१३

सुष्मा भण्डारी म्यूजीक भिडीयोमा मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सुष्मा वर्षदिनदेखि मोडलिङ गदैछिन् । हाल स्नातक तहमा अध्ययनरत उनले म्यागजिनको कभर तथा विज्ञापनहरूका लागि फोटोसेसन समेत गराएकी छिन् ।

चलचित्र तथा म्युजिक भिडियोका थुप्रै प्रस्ताव अस्वीकार गरेको उनि बताउछन् । केही फिल्म मात्र छानेर अयिनयमा गरेको बताउने उनी अहिले ‘समयको माग’ नामको फिल्ममा अभियनमा व्यस्त छिन् । जीवन गौतमद्धारा निर्देशित सो पिल्म आउदो फागुनमा रिलिज हुने निर्माण प्ष्त्राले जानकारी दिएको छ ।
बैंकर हुने लक्ष्य बोकेकी अदितिको रुचि फोटोग्राफीमा पनि छ । उनी हरेक शनिबार अनाथ बालबालिकाहरूका लागि सहयोग गर्न रुचाउछिन् । भविष्यमा अनाथ बालबालिकाका लागि केयर होम खोल्ने उनको लक्ष्य छ । प्रस्तुत छ उनिहसंग रिएको छोटो कुराकानीको अंश ।
तपाइको नजरमा प्रेम ?
सबै भन्दा पावरफुल फिलिङ ।
स्कुले जीवनमा कस्तो हुनुहुन्थ्यो ?
अहिले जस्तै । एकदमै नक्कली, नक्कल धेरै पार्नुपर्ने, चुल्बुले, छुच्ची, नौटंकी ।
जीवन कसैसँग साट्न पाए ?
म ऐश्वर्या राय बन्थे ।
के मा पछुतो लाग्छ ?
सम्झना छैन
सबै भन्दा खुसी भएको क्षण ?
मैले अभिनय गरेको म्यजीक भीडियो सार्वजानीक भएपछी टिभीमा बजेको दिन
नेपालमा त्यस्तो कुन ठाउँ छ ? जहाँ तपाइ घुम्न चाहनुहुन्छ ?
सौहारा,पोखरा गएको छु । फेरी जान मन छ
तपाइका तीन कमजोरी ?
धेरै सेन्सेटिभ छु । सानो सानो कुराले पनि चित्त दुख्छ । मनमा जे लाग्छ फ्याटै भनिदिन्छु । र जसलाई पनि विश्वास गर्ने वानी छ ।
धेरै विश्वास के मा गर्नुहुन्छ ?
सबै भन्दा बढी बिश्वास मायामै गर्छु । माया प्रेमले नै यो संसार चल्छ जस्तो लाग्छ
जीवनमा कत्तिको रुनुहुन्छ ?
रुन्छु तर, कसैलाई थाह हुँदैन । ढोका थुनेर एक्लै रुन्छु ।
ठट्टा कत्तिको गर्नुहुन्छ ?
धेरै । त्यो त मेरो सब भन्दा फेभरेट हो ।
झुट कत्तिको बोल्नुहुन्छ ?
अली अली
मान्छेलाई ड्यामेज गर्नेगरी बोल्दिन । तर, मैले झुटो बोल्दा कसैलाई राम्रो हुन्छ भने बोल्छु । हिन्दीमा एउटा उखानै छ नि ‘जिस झुटसे किसीकी घर बस्ता है, ओ झुट झुट नै होता ।’
के गर्दा बढी रिस उठ्छ ?
अब्यबहारिक र अव्वसायीक मान्छेसँग मलाई रिस उठ्छ ।
धेरै रिस उठेको बेला कसरी शान्त पार्नुहुन्छ ?
म जति रिसाए पनि देखाउँदिन ।
जीवन र कर्मको मूल्याङकन ?
भाग्यमानी छु जस्तो लाग्छ ।
मनले चाहेर पनि पूरा गर्न नसकेको काम ?
त्यस्तो केही छैन । म चाहियो भनेपछि पूरा गरेरै छाड्ने खालकी केटी हुँ ।
प्रेम र सेक्स ?
जोसंग प्रेम गर्नुहुन्छ त्यहि मान्छेसँग सेक्स गर्नुस कहिल्यै नराम्रो हुन्न । सेक्स भनेको एउटा यस्तो चिज हो जोसँग गर्नु हुन्छ हरेक कुरा शेयर हुन्छ । त्यसकारण पनि सेक्सको मामिलामा होसियार हुनुपर्छ । सेक्स जस्तो चीज शेयर ग¥यो भने राम्रो हुँदैन ।

भनेपछि अब प्रेमीको खोजीमा हुनुहुन्छ ?
छु । तर, खोजेर चाँहि हिडदिन् । बिबाह भन्ने कुरा देखेर मात्रै हुँदैन लेखेकै हुनुपर्छ । जो मेरो श्रीमान हुन योग्य छ, एकदिन पक्कै त्यो मान्छे मसँग ठोक्किन आउँछ ।
सिंगल हुँदाको अप्ठ्यारो ?
त्यस्तो अप्ठ्यारो केही पनि हुन्न । बरु आफ्नै सुरुले काम गर्न पाइन्छ ।
राजनीति के हो ?
यो यस्तो पावरफुल धार हो तर, यसले कि देश बिगार्छ कि बनाउँछ । तर, हाम्रोमा बिगारेको छ ।
राजनीतिमा रुची छैन ?
देश बनाउने भन्ने कुरा ठट्टा हैन । ६०, ७० वर्षदेखि लागेकाहरुले त केही गर्न सकेका छैनन् भने हामीले केही पनि गर्न सक्दैनौं । यत्ति हो कि हामीले हामीमा भएको पावर भने प्रयोग गर्न सक्छौं र यो राम्रो हो र यो नराम्रो हो भनेर हामीले अपिल गर्न सक्छौं ।
राजनीतिक समाचार कत्तिको हेर्नुहुन्छ ?
म त्यति धेरै ध्यान दिएर हेर्दिन । किनकी ध्यान दिएर हेर्नुपर्ने गरि काम भएकै छैन । त्यसो भन्दैमा राजनितीलाई घृणा चाहीँ गर्दिन । समसामयीक कुराहरु हेछै ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१