फिफा वर्ष खेलाडीको घोषण सभामा कार्यक्रम संचालन गर्ने सुन्दरी को होलीन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार ०७:२९

एजेन्सी । यस पटकको फिफा वर्ष खेलाडीको घोषण सभामा कार्यक्रम संचालन गर्ने सुन्दरी को होलीन् ? आगामी जनवरी ९ मा हुने कार्यक्रमबीच यस पटकको फिफा वर्ष खेलाडीको घोषणा सभामा आर्कषणको केन्द्रबिन्दु नायिका इभा लोन्जोरिना बन्ने भएकी छिन् ।

उनलाई जर्मन टेलिभिजन प्रस्तोता मार्को स्रेयलले साथ दिने भएका छन् । यस पटक एन्टोनियो ग्रिजमान, लियोनेल मेस्सी र क्रिस्टियानो रानोल्डो तीन फाइनलिस्टको रुपमा रहेका छन् ।

लोन्जोरिया सन् २००४ र २०१२ बीच डेस्परेट हाउसवाइफबाट चर्चामा आएकी थिइन् । ४१ वर्षीय नायिका गोल्डन ग्लोब अवार्डमा पनि मनोनित भएकी थिइन् ।

कार्यक्रममा उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलको उपाधि पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१