यति हेल्थ साइन्स एकेडेमीका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७३, बिहीबार १५:४१

काठमाडौँ  । यति हेल्थ साइन्स एकेडेमीका  अध्ययनरत विद्यार्थीहरुले स्वागत, बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा कलेजको पढाई सकिएकोलाई बिदाई र नया भर्ना भएको विद्यार्थीलाई स्वागत र सम्मान सहित विभिन्न भेषभुषा र सास्कृतिक झल्किने कार्यक्रमहरुको प्रस्तुति रहेको  थियो ।
कार्यक्रमका प्रमुख अतिथि यति हेल्थ साइन्स एकेडेमीका सस्थापक अध्यक्ष लोक बहादुर टन्डनले सम्पूर्ण विद्यार्थीलाई उज्जवल भविष्यको कामना गर्दै देश विकासमा उनीहरूको मुख्य भूमिका हुनुपर्नेमा जोड दिए ।आफु विभिन्न देशमा जादा आफ्नो विद्यार्थीहरु देख्दा गरौब लागेको समेत बताउदै  विद्यार्थीहरुमा  जहिले पनि ठुलालाई आदार सत्कार र सानालाई माया गर्ने अनुशाशन सधै रहिरहनु पर्ने समेत बताएका थिए  सोही अवसरमा यसै कलजेका प्रिन्सिपलले आफ्ना  विद्यार्थीको क्षमताको सर्वाङ्गिण विकास र प्रतिभा प्रस्फुटनका लागि उक्त कार्यक्रले ठुलो मद्दत पु¥याउने बताए ।
यसैगरी कार्यक्रममा बिधाईको क्रममा रहेका प्लस टु र स्नातक तहका केही छात्र तथा छात्राले कलेजको विशेषताबारे प्रकाश छर्दै आफूमा भएको विकास र परिवर्तनको आधार यति हेल्थ साइन्स एकेडेमी रहेको भन्दै आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए  ।       

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१