imsrkfinal1

स्ववियु निर्वाचन हुन नसक्ने संकेत देखा पर्दै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
त्रिविको सभामा बोल्दै उहाँले सरकार स्थानीय निकायको निर्वाचनम जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गर्नुभएको हो । ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाडै घोषणा गर्ने तयारी गरिरहेका छौं, यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ ।’ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।

त्रिविले सबे विद्यार्थी संगठनसँग पटकपटक छलफल गरी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको थियो ।

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री