प्रबासी नेपाली एकता समाज मकाउले २९५ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस मनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७३, बुधबार १४:११

मकाउ,चीन। राष्ट्रिय प्रजातन्त्र पार्टीको बिदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाज मकाउले बिदेशी भूमि मकाउमा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औं जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवश मनाउने निर्णय गरेको छ।राष्ट्र निर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानलाई भुल्दै नेपाल सरकार लगाएत केहि दुई चार जना बुज्रुक ब्यक्तिहरूका कारण ओझेलमा पार्न खोजिएको छ।बिश्व सामु नेपाल र नेपाली भनेर चिनाउनुका साथै एकताको मालामा गास्न सफल ब्यक्तित्वलाई राष्ट्रले बिर्सिन खोज्नु पक्कै पनि राम्रो कुरा होईन। नेपालमा राजतन्त्रको अन्त्य संगै पृथ्वी जयन्तिलाई सरकारले सार्वजनिक बिदा कटौती गर्दै मनाउन छाडेको हुँदा पृथ्वी जयन्तिलाई नेपाल सरकारले राष्ट्रिय एकता दिवशको रूपमा मनाई सार्वजनिक बिदा दिउन भन्ने पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागि परी रहेको साथै यस पार्टीको बिदेश स्थित भातृसंगठनहरूले आवाज उठाई रहेको अबस्थामा बिदेशी भूमि मकाउमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मनाउन लागिएको कुरा यस जन्म जयन्ति तथा राष्ट्रिय एकता कार्यक्रममा संयोजक एवं प्रवासी नेपाली समाज मकाउका सचिव पदम सिंह पन्तले जानकारी दिनु भएको छ।उक्त कार्यक्रममा उपस्थिति जनाई दिनु हुनका लागि मकाउमा कार्यरत रहेका वा बिजनेश ब्यापार गरी रहनु भएका राष्ट्रबादी नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा प्रवासी नेपाली एकता समाज मकाउले हार्दिक अनुरोध गरेको छ। तपशील मिति:-२०१७/१/११ तारीक समय:-बेलुकी ६ बजे स्थान:- फिसरम्यान वार्फ स्थित इण्डियन रेष्टुरेन्ट आयोजक :- प्रवासी नेपाली एकता समाज मकाउ परिवार।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१