जसलाई जाडोमा निकै गर्मी हुन्छ, गर्मीमा निकै जाडो हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७३, मंगलवार १८:४८

एजेन्सी ।  अहिले नेपाल आसपासका देशहरुमा निकै चिसो छ । यो चिसोमा कहिलेकाहीँ त हपहपी गर्मी भैदिएनी हुन्थ्यो भन्ने तपाईंलाई पनि लाग्छ होला । तर हाम्रो शरिर गर्मीमा गर्मी नै र जाडोमा जाडो नै हुन्छ । तर भारतमा एक यस्ता मानिस छन् जसलाई चिसो मौसममा निकै गर्मी हुन्छ भने गर्मी याममा जाडोको महसुस हुन्छ । सन्तलाल नामका ती पुरुषलाई जाडो मौसममा चिसो पानीले ३, ४ पटक नुहाउनुपर्छ । उनी जबसम्म बरफ पग्लिँदैन, तबसम्म उनी बरफमा खेलिरहन्छन् । गर्मी महिनामा भने उनलाई कपडा लगाउन पनि गर्मी हुन्छ । गर्मीमा उनी सिरक तथा कम्बल नओडी सुत्न सक्दैनन्, जिउ चिसोले काँप्न थाल्दछ । सन्तलालको शरीर बच्चैदेखि नै प्रकृतिको विपरित रहेको उनका परिवार बताउँछन् । डाक्टरहरुका अनुसार मानिसलाई मस्तिष्कको थर्मोरेगुलेटरी प्वाइन्टले चिसो वा तातोको अनुभुति दिलाउँदछ । यसलाई थ्यालामस वा हाइपो थ्यालामसले नियन्त्रण गर्दछ । यसैको कमजोरीका कारण उनलाई यस्तो भएको हुनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१