विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारीमा त्रिवि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७३, मंगलवार ०७:१६

काठमाडौं ।  त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ ।  अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै पटक केन्द्रीय कार्यालयमा आई ट्रान्सक्रिप्ट लिन पाउनेछन् ।अनलाइनमार्फत फाराम भरेपछि एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०