पोखरामा पुस महिनाको अन्तिम साता ‘बृहत् शैक्षिक मेला’ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७३, सोमबार १०:४५

पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ ।

मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विदेश अध्ययनका लागि भिसा नीति एवम् अवसर र चुनौतीसम्बन्धी सल्लाह प्रदान गरिने छ  ।

पोखरा सभागृहमा यही पुस २७ देखि सञ्चालन हुने तीनदिने मेलाबाट लगभग ३० हजार विद्यार्थी लाभान्वित हुने र मेला सञ्चालनमा करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१