जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चल्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७३, सोमबार ०७:३९

काठमाडौँ । जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
अहिले कालिकोटको शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी र एकजना विद्यालय निरीक्षक मात्रै नियमित कार्यालय गइरहेका छन् । शिक्षा कार्यालयमा विद्यालय निरीक्षकको सात दरबन्दी छ । त्यसैगरी कार्यालयका अधिकृत, प्रशासकीय अधिककृत, लेखा अधिकृत, सहायक लेखापाल कम्युटर अपरेटर, योजना अधिकृतलगायतका दरबन्दी खाली छन् ।
खाली रहेको दरबन्दी शिक्षा विभागद्वारा पलपूर्ति गरिएको भनिए पनि ती कर्मचारहरु हालसम्म शिक्षा कार्यालयमा हाजिर भइसकेका छैनन् ।
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले कर्मचारी अभावमा नियमित कामबारबाही समेत हुन नसकेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०