नेपाली टोपी दिवसले नेपालीहरू बीचको भावनात्मक संबन्धलाई प्रगाढ गराएको छ :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७३, आईतवार ०८:१७

कर्ण बहादुर अधिकारी । जनवरी १ तारिक अंग्रेजी नयाँ बर्षलाई नै लक्षित गरी बिदेशीएका नेपालीहरूले मनाउन सुरूवात गरेको टोपी दिवस अहिले निकै नै चर्चित बन्दै गई रहेको छ।विगत ४ बर्ष देखि सुरूवात गरेको यो दिवस यसपाली पनि नेपालीको पहिचान शिरमा ढाका टोपी भन्ने माहान बाणीलाई आत्मसात गर्दै स्वदेश तथा बिदेशमा भब्यताका साथ मनाए। टोपी दिवस मनाउनु नेपाल र नेपालीको लागि गौरबको कुरा हो किनकी सगरमाथाको देश नेपाल,शान्तिका दुत भगवान गौतम बुद्धको जन्म स्थल नेपाल र हामी नेपालीहरूको पहिचानमा नेपाली पोशाकको पनि त्यतिकै महत्व छ।नेपाल र नेपालीको पहिचान नेपाली टोपीले विश्व समुदायलाई नेपाल र नेपाली हो भनेर चिनाउन एउटा महत्वपूर्ण भूमिका निवारण गर्दै आई रहेको छ।हामीले पनि विश्व समुदाय माझ हामीले हाम्रो रीतिरीवाज,धर्म संस्कृति र पहिचानलाई चिनाउन सक्नु हाम्रो दायित्व भित्र पर्दछ।विगतमा नेपालको राष्ट्रिय पोशाकलाई केहि सिमित ब्यक्तिहरूका केहि सिमित स्वार्थले गर्दा राष्ट्रिय पोशाकबाट नै हटाए।यस्तो गर्नु पक्कै पनि राम्रो थिएन।सबै राष्ट्रको आआफ्नै राष्ट्रिय पोशाक हुन्छ र हुनु पनि पर्दछ।राष्ट्रिय पोशाकले नै हो राष्ट्रलाई विश्व समुदाय माझ चिनाउने।त्यस कारण नेपालको राष्ट्रिय पोशाकलाई नेपालका नेता भनाउँदाहरूले हटाउनु पर्ने जरूरी थिएन।हिन्दु राष्ट्रको नामले परिचित नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरे, राष्ट्रिय पोशाक हटाए,राष्ट्रिय भाषा पनि हटाउने तरखरमा छन। जुन जुन ब्यक्तित्वहरूले यो टोपी दिवस मनाउनु पर्छ भन्ने सोच राखेर सुरूवात गर्नु भो उहाँहरूलाई मेरो ब्यक्तिगत र राष्ट्रको तर्फबाट नमन भन्न चाहन्छु।अब हामीहरूले यसलाई निरन्तरता दिएर यो दिवसलाई मनाउदै लैजानु पर्दछ।टोपी दिवसका अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका नेपालीहरूले सामाजिक संजालहरूमा नेपाली ढाका टोपी लगाएर सामाजिक संजालहरूलाई नै रंगी बिरङ्गी बनाई दिए।आखिर किन र के का लागि भन्दा हामी सहजै जवाफ पाउछौ हामीले हाम्रो पहिचानलाई सुरक्षित वनाउनका लागि लगाएका हौ भनेर कुरा ठीकै पनि हो। हामीहरूले एक दिन जनवरी १ मा मात्र ढाका टोपी लगाएर सामाजिक संजालका भित्ताहरू रंग्याउदैमा पहिचान जोगिने पक्कै होईन। यदि सकिन्छ भने हामीले हाम्रो पहिचानलाई अन्तर आत्मा देखि नै स्वीकार गरी सदा सर्बदा टोपी लगाएर हिड्न सके अझै सुनमा सुगन्ध हुने थियो।त्यसैले तपाई हामी सम्पूर्ण नेपालीहरूले राष्ट्रिय पोशाकलाई जगेर्ना गरी निरन्तरता दिनु हाम्रो कर्तव्य पनि हो।यति मात्र होईन राष्ट्र भित्र पर्ने बिभिन्न धर्म रिति रिवाज,संस्कृति र परम्परालाई पनि जगेर्ना गर्न सक्नु पर्द्छ।हामी नेपाली हौ हाम्रो पहिचान नेपाली हो हामीले जातीय पहिचान खोज्नु त्यति उपयुक्त नहोला।हामीले जातीयताले पहिचान गराउनु भन्दा पनि नेपाली भनेर पहिचान गराउदा राम्रो हुने थियो।टोपी दिवसले नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउन प्रमुख भुमिका निबारण गरी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१