सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७३, आईतवार ०७:२४

चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् ।

निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ ।

दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ ।

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् ।

पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१