ईन्द्रधनुष क्लव बेल्जियम द्वारा समर बारबिक्यू भब्य रुपमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:०२

बेल्जियम । बेल्जियममा रहेका नेपालीहरु को माझ मध्य सबै भन्दा पुरानो परिचित सस्था ईन्द्र धनुष क्लवले गत २० जूलाई का दिन बेल्जियम नेपालीहरुका बीच आयोजना गरेको समर बार बि क्यू भब्य रुपमा सम्पन्न गरेको छ ।DSC_0315

करिव दुई सय भन्दा बढी नेपाली हरुको सहभागी रहेको उक्त कार्यक्रममा एनआर एन ए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ  लगाएत बेल्जियममा रहेका नेपाली संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।  
बेल्जियमको लुभेनमा अवस्थित केसोलो कासाब्लाङका पार्कमा आयोजना भएको बार्बिक्यू कार्यक्रममा खान पिन सहित सांगीतिक नृत्य संगै उपस्थित महानुभावहरुले भरपूर मनोरंजन लिएका थिए ।   
क्लवका सहकोषाध्यक्ष ओम प्रकाश गुरुङको संयोजकत्वमा आयोजना गरिएको बार्बिक्यूमा कार्यक्रममा क्लवका  अन्य उपाध्यक्ष यसोधा थापा, सदस्यहरु शान्ति भट्टराई, कविता थपलिया, गोपाल सिम्खडा लगाएत अन्य स्वयम् सेवकको सकृय सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा  क्लव का अध्यक्ष सुर्य ढकाल तथा महासचिव बिष्णु सापकोटाले उपस्थित महानुभाव हरुलाई बिषेस धन्यबाद दिएका थिए ।DSC_0282
  ईन्द्रधनुष क्लवले आफ्नो स्थापना काल देखिनै बेल्जियम मा रहेका नेपालीहरुको माझ साँस्कृतिक लागएत अन्य नेपाल र नेपालीलाई प्रवासमा चिनाउने कार्यक्रमहरु गर्दै आएको छ । बेल्जियम समाजमा नेपाल र नेपालीको साँस्कृतिक पहिचान लाई यहाको स्थानीय निकाय अर्थात  क्षेत्र संग संयोजन गरि कार्यक्रम हरु गर्दै आएको छ ।  स्मरण रहोस क्लवले आफ्नो स्थापना काल सन् २००० नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रमको आयोजना गरी बेल्जियममा रहेका नेपाली चेलीहरुलाई नेपाल घर जस्तै माईतिको सम्झना दिलाउदै आएको छ भने यस बर्षको तीज कार्यक्रम पनि क्लवकै आयोजनामा गर्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०